総務省トップ > 政策 > 地方行財政 > 住民基本台帳等 > विदेशी नागरिकहरूको लागि आधारभूत दर्ता प्रणाली > जूकी कार्ड (आधारभूत रिजर्भेसन दर्ता कार्ड) / मेरो नम्बर कार्ड

जूकी कार्ड (आधारभूत रिजर्भेसन दर्ता कार्ड) / मेरो नम्बर कार्ड

विदेशी निवासीहरूको लागि , जूकी नेट 8 जुलाई, 2013 मा सञ्चालन सुरु भयो, र अहिले यो जूकी कार्डहरू प्राप्त गर्न सम्भव छ। यसको अतिरिक्त, मेरो नम्बर कार्ड सुरुवात जनवरी 2016 मा भयो, जूकी कार्डको डिसेम्बर 2015 बाट जारी गर्न बन्द गरियो ।

यद्यपि, यदि तपाईसँग निवासी कार्ड छ भने, तपाईं जनवरी 2016 पछि पनि जूकी कार्डको प्रयोग गर्न सक्नुहुनेछ जब सम्म तपाईले मेरो नम्बर कार्ड प्राप्त गर्नुहुदैन।

※जूकी नेट (आधारभूत रिजर्भेसन दर्ता नेटवर्क प्रणाली)हो,निवासीहरूको सुविधाको र राष्ट्रिय र स्थानीय सरकारहरूको प्रशासनको सुधार गर्न योगदान पुराउने एक प्रणाली हो, जसले जकी नेट(आधारभूत निवासी रजिष्ट्रेसन) को अधारमा देशमा बसोबास गर्ने व्यत्तिको पहिचान प्रमाणित गर्न सक्दछ।

※जूकी नेट मा विस्तृत जानकारी को लागि कृपया、「मूल निवासी रजिस्टर नेटवर्क सिस्टम को होमपेज」मा हेर्नुहोस।

विदेशी निवासीहरूका लागि: जूकी नेट मा सोधिने प्रश्न (FAQ)PDF

यदि तपाईंसँग जूकी कार्ड छ भने कृपया व्यक्तिगत नम्बर कार्ड लिदा जकी कार्ड फिर्ता गर्नुहोस । 

यदि तपाईसँग जूकी कार्ड छ भने, जनवरी 2016 पछि मेरो नम्बर कार्ड प्राप्त गर्दा जूकी कार्ड फिर्ता गर्न आवश्यक पर्दछ, त्यसैले जब तपाईं मेरो नम्बर कार्ड लिन आउने समयमा , जूकी कार्ड पनि ल्याउनुहोस् (यदि फोटो सहितको जूकी कार्ड छ भने तपाईले मेरो नम्बर कार्ड लिन जूकी कार्डलाई पहिचान पुष्टिकरण गर्ने कागजातको रूपमा पनि प्रयोग गर्न सक्नुहुनेछ।

मेरो नम्बर कार्ड

मेरो नम्बर कार्ड तपाई बसोबास गर्ने शहर वा गाँउको नगरपालिकाबाट प्राप्त गर्न सक्नुहुनेछ।
मेरो नम्बर कार्ड प्लास्टिक र आईसी चिपको सहितको कार्ड हो ,यसमा नाम, ठेगाना, जन्म मिति, लिङ्ग ,मेरो नम्बर कार्ड (व्यक्तिगत नम्बर) र सम्बधित व्यक्तिको फोटो राखिएको हुन्छ।
यो कार्ड पहिचान प्रमाणिकरणको लागि प्रयोग गर्न सकिन्छ साथै तपाईं यसलाई विभिन्न प्रयोजनको लागि प्रयोग गर्न सक्नुहुन्छ जस्तै नगर पालिकामा, इलेक्ट्रोनिक प्रयोग जस्तै ई-करको प्रमाणपत्र निकाल्न आदिको लागि। मेरो नम्बर

कार्डहरूको विस्तृत जानकारीको लागि、「मेरो नम्बर कार्ड एकीकृत साइटOpen link in a new browser window」मा हेर्नुहोस्।

※प्रवासको अवधि थप गर्दा・・・
मेरो नम्बर कार्डमा उल्लेखित सूचना पनि परिवर्तन गर्न आवश्यक छ।

8 जुलाई, 2013 बाट गर्न सकिने कार्यहरुको उदाहरण

  • केही सरकारी कार्यलयमा निवास प्रमाणपत्र प्रतिलिपि लिने प्रक्रियाहरू सहज गरिएको छ।
  • तपाईंको बस्न्ने शहर / गाँउ बाहेक अन्य शहर / गाँउ बाट पनि निवास प्रमाणपत्रको प्रतिलिपि (नोट)प्राप्त गर्न सकिन्छ।(नोट) जकी कार्ड वा मेरो नम्बर कार्ड वा आवास कार्डको देखाउँन आवश्यक छ।
  • यदि तपाइँसँग मूल निवास रजिष्टर्ड कार्ड वा मेरो नम्बर कार्ड छ भने, स्थानान्तरण सूचना को विशेष मामला प्राप्त हुनेछ । बाहिर सार्ने को सूचना पोस्ट द्वारा गरियोभने बसाईसर्दा खेरी त्यहाँको नगरपालिका गई प्रकिया सजिलै संग हुनेछ।
  • जकी कार्ड वा मेरो नम्बर कार्ड इलेक्ट्रोनिक प्रमाणपत्र रुपमा प्रयोग गर्न , सरकारी प्रशासनिक कामहरु इन्टरनेटबाट गर्न सकिन्छ, प्रयोग गर्नलाई पहिचान प्रमाणिकरण गर्न आवश्यक छ।
  • जकी कार्ड वा मेरो नम्बर कार्ड प्राप्त गरेका व्यक्तिहरूले ,केही नगरपालिकाहरूमा ,नगरपालिकाहरुको सेवा कम्बिनी स्टोरबाट प्राप्त गर्न सक्छन् जस्तै प्रमाणपत्र निकल्न्ने आदि।

कम्बिनी स्टोरबाट प्रमाणपत्र आदि प्राप्त गर्ने बारेमा

कम्बिनी स्टोरमा प्रमाणपत्र आदिको सेवा लिन किओस्क टर्मिनलमा (कम्बिनी स्टोरमा भएको प्रिन्ट मेशिन ) 10 जून 2014 पछि धेरै भाषामा उपलब्ध छन्।

जापानीज बाहेक , निर्देशनहरु अंग्रेजी / चाइनिज (सरलीकृत र परम्परागत), कोरियन , पोर्चुगल , स्पेनिसमा पनि अनुवाद गरिएको छ।

※यो सेवा मार्फत निम्न कागजातहरू [निवास कार्डको प्रतिलिपि], [निवासी कार्डमा लेखिएका वस्तुहरूको प्रमाणपत्र], [छाप दर्ता प्रमाणपत्र] प्राप्त गर्न सकिन्छ।

※धरै भाषाहरु किओस्क टर्मिनलको निर्देशनको लागि मात्र हो, निवास कार्डको प्रतिलिपि र अरु विभिन्न प्रमाणपत्रहरू जापानीज भाषामा लेखिएको

※तपाइँको स्थानीय नगरपालिकाले कम्बिनी स्टोरबाट प्रमाणपत्र जारी गर्ने सेवा प्रदान गरको छ कि छैन , कृपया अगाडीबाट नै जानकारी लिई राखुनुहोस्।

कम्बिनी स्टोरको सेवाको जानकारीको लागि、कृपया यहांOpen link in a new browser window हेर्नुहोस्।

ページトップへ戻る