अन्तरिक र बाह्य बसाईसराई

「 आधारभूत निवास रजिस्टर कानून आंशिक रूप संशोधन गर्न अधिनियम 」(हेइसेइ 21 को अधिनियम संख्या 77), जुलाई 9, 2012 (जारी मिति), विदेशी निवासिहरु (नोट), मूल आधार रजिस्टर प्रणालीमा समावेस थियो। नगरपालिकाले विदेशी निवासीहरूलाई "निवासी कार्ड" को पनि व्यवस्था गरको छ ।

(नोट)
"मध्यम- र दीर्घकालिक निवासी" जुन जापानमा एक आप्रवासन नियन्त्रण अधिनियम अन्तर्गत लामो समयसम्म रहनेछ (जो आवास कार्डको लागि आवेदन गर्न योग्य छन् ) र "3 महिना" वा कम "को लागि अनुमति छुट्याईएको वा विशेष स्थायी निवासीहरू जसमा नगर पालिका भित्रको आफ्नै ठेगानाहरू हुन आवश्यक छ।

जापानमा सुरुमा अहुने विदेशहरू

विदेशी नागरिक जो जापानमा भर्खर आउनु भएको छ वा जो अस्थाई वा स्थाई रुपमा आप्रवास नियम बमोजिम जापानमा बसाई गरिरहनु भएको विदेशी नागरिकको लागि निवास कार्ड जारी गरिन्छ (3 महिना भन्दा कम समय बसोबास गर्ने विदेशी नागरिकको हकमा निवास कार्ड जारी गरिनेछैन।) यसरी अस्थाई वा स्थाई रुपमा बसाई गर्ने नागरिकले निवास कार्ड लिनु आवश्यक छ (निवास कार्ड नभएको खण्डमा, पासपोर्ट आदि ) सहित 14 दिन भित्र नगरपालिकामा दर्ता गर्न आवश्यक छ।

कृपया ध्यान दिनुहोस्: जापानमा परिवारहरूसंग बस्नेहरुको लागि

मान्नुहोस् कि तपाईंको घर मुली पनि विदेशी निवासी हो। यदि तपाईंको घर मुलीले बसाई सरेको सूचना नगरपालिकामा दिन्छ भने ,आफ्नो र घर मुलीको सम्बन्धको कागजात (आफ्नो देशबाट जारी सरकारी कागजात जस्तै तपाईंको जन्म प्रमाणपत्र र वैवाहिक प्रमाणपत्र, आदि कागजातहरू) पेश गर्नु पर्नेछ।

यसबाहेक, घरपरिवार र तपाईंको सम्बन्ध प्रमाणित गर्ने कागजातहरूको जापानीज भाषामा अनुवाद गरेर पेश गर्नु आवश्यक छ।

जापानमा बस्ने विदेशी बासिन्दाहरूको लागि

आधारभूत आवास प्रणाली अनुसार विदेशी निवासीहरूले बसाई सर्दा आफ्नो पुरानो नगरपालिकालाई यहाबाट बसाई सरेर जादैछु छु र नयाँ नगरपालिकामा बसाई सरेर अहुदैछु भन्ने सूचना दिन आवश्यक छ।

कृपया ध्यान दिनुहोस्

  • नगरपालिकालाई यहाबाट बसाई सरेर जादैछु छु भन्ने सूचना दिएपछि ,पुरानो नगरपालिका बाट (बसाई सरेको प्रमाणपत्र) दिइने छ ,यदि तपाई नया शहर,नगरपालिकामा बसाई सर्दै हुनु हुन्छ भने (बसाई सराई प्रमाणपत्रको ) साथ 14 दिन भित्र नया नगरपालिकामा निवास दर्ताको लागि जानु पर्दछ।
  • यदि तपाई एउटै नगरपालिका भित्र ठेगानाहरू परिवर्तन गर्नुभयो भने,तपाईंले ठेगाना परिवर्तन गरको सूचना नगरपालिकालाई दिनुपर्दछ।。
  • यदि तपाई जापान छोडेर अरु देशमा बस्ने भएमा तपाईले आफ्नो नगरपालिकामा बसाई सरेको सूचना दिनु आवश्यक छ।
  • बसाईसराईको दर्ताको लागि , कृपया आफ्नो निवास कार्ड वा विशेष स्थायी निवास प्रमाणपत्र (वा विदेशी दर्ता प्रमाणपत्र) ल्याउनुहोस्।

ページトップへ戻る