निवास कार्ड

[निवास प्रमाणपत्रको प्रतिलिपि] आधिकारिक रूपमा तपाईंको ठेगाना वा अन्य विशेष प्रमाणिकरण गर्न प्रयोग गर्न सकिन्छ।

विदेशी निवासीको लागि निर्दिष्ट विवरण

नाम, जन्म मिति, लिङ्ग, ठेगाना आदि जस्ता आधारभूत विषयहरू बाहेक, विदेशी निवासीहरूसँग सम्बन्धित निवास कार्डले स्वास्थ्य बीमा र राष्ट्रिय पेंशनको सम्बन्धी विषयहरू पनि समावेश गर्दछ।

यसको अतिरिक्त, विदेशी निवासीहरुको लागि विशेष रुपमा राष्ट्रीयता आदि समावेस गर्न निम्न विषयहरूमा बर्गिकरण गरिएको छ।

(1) स्थाई र अस्थाई निवासी नागरिकहरु
(आवास कार्ड जारी गर्न योग्य व्यक्ति)

  • स्थाई र अस्थाई निवासी नागरिक
  • निवासको स्थिति, निवासको अवधि, समाप्ति मिति र दर्ता नम्बर आदि निवास कार्डमा उल्लेख गरिएको छ।

(2) विशेष स्थायी निवासी

  • विशेष स्थायी निवासी नागरिक
  • विशेष स्थायी निवास प्रमाणपत्रमा उल्लिखित विशेष स्थायी निवासको नम्बर।

(3)अस्थायी शरणार्थी वा अस्थायी रूपमा बस्न्ने अनुमति लिने व्यक्ति

  • अस्थायी शरणार्थी वा अस्थायी रूपमा बस्न्ने अनुमति लिने व्यक्ति
  • (अस्थायी शरणार्थी वा अस्थायी रूपमा बस्न्ने अनुमति लिने व्यक्ति) अस्थायी बसाईको लागि अनुमति प्रमाणपत्र वा अवधिको व्यवस्था गरिएको छ।

(4) जन्मको आधारमा वा जापानिज राष्ट्रीयता त्याग गरेका जापानमा बस्न्ने नागरिकहरु

  • जन्मको आधारमा वा जापानिज राष्ट्रीयता त्याग गरेका जापानमा बस्न्ने नागरिकहरु
  1. नाम (निवास कार्डमा उपनाम रखेमा, नाम र उपनाम नाम)
  2. जन्म मिति
  3. लिङ्ग
  4. (घरको मुली भएमा) घरको मुली
    (घरको मुली नभएमा) घरको मुलीको नाम र सम्बन्ध
  5. ठेगाना (एउटै नगरपालिका भित्र ठेगाना परिवर्तन गरेमा ठेगाना परिवर्तनगरको मिति)
  6. बसाई सरेको सूचनाको मिति र पूरानो ठेगाना
  7. राष्ट्रिय स्वास्थ्य बीमा सम्बन्धी विषयहरू
  8. वृद्धाहरुको लागी मेडिकल हेरविचारको लागि योग्यता सम्बन्धीको विषय
  9. हेरविचार बीमाको लागि योग्यताको बारेमा सम्बन्धित विषयहरू
  10. राष्ट्रिय पेंशन योग्यता सम्बन्धी विषयहरू
  11. बाल भत्ताको लागि योग्यताबारे सम्बन्धित विषयहरू
  12. चामलको वितरणको विषय
  13. निवास कार्ड नम्बर
  14. कैबिनेट अर्डर द्वारा निर्धारित अन्य वस्तुहरु
  15. राष्ट्रियता / क्षेत्र
  16. विदेशी बासिन्दा बनेको मिति
  17. मध्यम वा दीर्घकालीन निवास
  18. निवासको स्थान ,आवासको स्थिति, आवासको अवधि, आवासको समाप्ति मिति, निवास कार्डको नम्बर आदि
  19. उपनाम राखन्ने वा हटाउने सम्बन्धित विषय

निवास प्रमाणपत्र प्रतिलिपिको वितरण

आधारभूत आवासमा सूचीबद्ध व्यक्ति वा परिवार नगरपालिकामा गएर निवास प्रमाणपत्र प्रतिलिपिको लागि अवेदान दिन सक्छन्। "निवास प्रमाणपत्रको प्रतिलिपि" को अवेदान प्रक्रियाहरुको लागि, कृपया आफ्नो स्थानीय नगरपालिका कार्यालयमा संपर्क गर्नुहोला ।

* 9 जुलाई, 2012, भन्दा अघिको ठेगानाहरू निवास रेकर्डमा सूचीबद्ध छैन।

* नगरपालिका, शहरहरू र गाँउहरूमा राखिएको "विदेशी रजिस्टर कार्ड", 9 जुलाई, 2012 पछि न्याय मंत्रालयद्वारा राखिएको छ।

विदेशी दर्ता रेकर्डहरूको सम्बन्धित प्रकटीकरणको लागि(न्याय मंत्रालयको गृहपृष्ठको लिङ्क)open link in new window

* घरपरिवारबाट हुने घरेलु हिंसाको, दुर्व्यवहार, बाल दुर्व्यवहार, वा अन्य हिंसाको बिरुद्ध दर्ता गराउन सक्न्नु हुन्छ साथै निवास प्रमाणपत्रको अनुरोधहरूलाई पनि सीमित गर्न सक्नुहुन्छ।。 थप जानकारीको लागि, कृपया यहाँ क्लिक गर्नुहोस्। PDF

ページトップへ戻る