総務省トップ > 政策 > 地方行財政 > 住民基本台帳等 > विदेशी नागरिकहरूको लागि आधारभूत दर्ता प्रणाली

विदेशी नागरिकहरूको लागि आधारभूत दर्ता प्रणाली

सामाजिक सुरक्षा / कर नम्बर प्रणालीको बारेमा जानकारी।

हेइसेइ 28 बर्ष जनवरी महिनाबाट सामाजिक सुरक्षा, कर, भैपरी आउने समस्याहरुको प्रशासनिक प्रक्रियाको लागि व्यक्तिगत नम्बर आवश्यक छ। व्यक्तिगत नम्बर हेईसी २७ बर्ष १० महिनाबाट , निवास दर्ता गराएका विदेशी नागरिकलाई व्यक्तिगत नम्बर लिन सूचित गरिनेछ । सुचना कार्ड सगै पठाएको फारम भरेर हुलाकबाट पठाएर,जनवरी, हेईसी 28 बर्ष १० महिनाबाट तपाईले मेरो नम्बर कार्ड (आईसी कार्ड) प्राप्त गर्न सक्नुहुनेछ।。

※बिदेशी नागरिकको लागि मेरो नम्बर कार्ड अवधि भिजाको अवधिसम्म हुनेछ (उन्नत व्यावसायिक संख्या 2 , स्थायी भिसा र विशेष स्थायी भिसाका विदेशी नागरिक बाहेक)।तेसैले , जाईर्‍यु कार्डको नबिकरण गरेपछि भिसा पाहुन भन्दा पहिले मेरो नम्बर कार्ड पाउनु भन्दा पहिले जाईर्‍यु कार्डको अवधि समाप्त भएको खण्डमा, जाईर्‍यु कार्डको नबिकरण गरेपछि मेरो नम्बर कार्ड लागि आबेदन दिनुहोस।

 ब्यक्तिगत नम्बर जीवन भरको लागि प्रयोग हुने नम्बर भएकोले , राम्ररी राखनुहोस।

विदेशी निवासीहरू अहिले स्थाई निवास रजिस्ट्रेशन प्रणालीमा समावेश छन्।

प्रत्येक वर्ष जापानमा धेरै विदेशी नागरिकहरू प्रवेश गर्दछन्। तेसैले , यहाँ यस्तो प्रणालीको आवश्यकता बढेको छ जहाँ नगरपालिकाहरुले विदेशी निवासीहरूलाई जापानी नागरिकहरुलाई सरह आधारभूत प्रशासनिक सेवाहरू प्रदान गर्न सकुन्।

यसैले, आधारभूत आवास नियममा बिदेशी नागरिकलाई पनि जापानिज नागरिक सरह समावेसश गर्न, नगरपालिकाहरुको प्रशासनलाई समय अनुकुल बनाई बिदेशी नागरिकलाई सुविधा दिन ,आधारभूत आवास एनको आंशिक संशोधन को लागी 171 डेट सत्रमा प्रस्ताव गरियो , र 15 जुलाई 2009 मा पारित गरि , 9 जुलाई 2012 मा लागु गरियो ।  यस कानूनको लागु भएपछि, विदेशी निवासीहरूको लागि निवासको दर्ताको व्यवस्था गरिएको छ, र आधारभूत आवास रजिस्ट्रेशन नेटवर्क प्रणाली र मूल निवासी रजिस्ट्रेशन कार्ड पनि 8 जुलाई, 2013 बाट सुरु गरिएको छ। 

आधारभूत आवास रजिस्ट्रेशन प्रणाली अनुसार बिदेशी नागरिकहरु बसाई सर्दा पूरानो नगरपालिकामा सर्दैछु भन्ने सूचना र नया नगरपालिकामा सरेको खण्डमा अहुदैछु भन्ने सूचना दिन आवश्यक छ।

नोट : अर्को देशमा बसाई सरेमा पनि सूचना दिन आवश्यक छ।

थप जानकारीको लागि

आधारभूत निवास रजिस्टर प्रणाली अन्तर्गत योग्य नागरिक 

बिदेशी नागरिकहरु ,निम्न तलको तालिकाको बायाँ स्तम्भमा सूचीबद्ध छन् जो नगरपालिकाको क्षेत्र भित्र योग्य छन्।

(1) मध्यम- र दीर्घकालीन निवासीहरू (निवास कार्ड जारी गर्ने विषयहरू)

विदेश राष्ट्रका नागरिक जो जापानमा बस्न सक्छन् अथवा जस्लाई ३ महिना भन्दा बढी बस्ने अनुमति छैन अथवा अस्थाई पर्यटक , कूटनीति, आधिकारिक कामको लागि आएका बाहेका नागरिकहरु । पुनरावलोकन पछि आप्रवासन नियन्त्रण कानूनको प्रावधानहरूमा आधारित, एक आवास कार्ड अनुमति ल्यान्डिङ अनुमतिको साथ जारी गरिनेछ।

पुनरावलोकन पछि आप्रवासन नियन्त्रण कानूनको प्रावधानहरूमा आधारित, एक आवास कार्ड अनुमति ल्यान्डिङ अनुमतिको साथ जारी गरिनेछ।

(2) विशेष स्थायी निवासी

आप्रवासन नियन्त्रणमा विशेष ऐन द्वारा निर्धारित गरको विशेष स्थायी निवासको रूपमा मान्यता प्राप्त व्यक्ति।आप्रवासन नियन्त्रणमा ऐन अनुसार विशेष स्थायी निवास प्रमाणपत्र जारी गरिनेछ।

(3) अस्थायी शरणार्थी वा अस्थायी अनुमति दिइएको व्यक्ति

आप्रवासन नियन्त्रण कानून अनुसार, विदेशी नागरिकहरु जो शरणार्थी कानुन अनुसार अस्थाई बसोबसको लागि अनुमति दीएको छ वा विदेशी नागरिक जो शरणार्थीको रुपमा बसाईको लागी निवेदन दिएका छन् ।   जब यस्ता अनुमतिहरू दिइन्छ, अस्थायी शरणका लागि अनुमति प्रमाणपत्र वा प्रावधानिक रूपमा अनुमति प्रमाणपत्र जारी गरिनेछ।

(4) जन्मको आधारमा वा जापानी राष्ट्रीयता त्यागेका विदेशी नागरिकहरु

जन्मको आधारमा वा जापानी राष्ट्रीयता त्यागेका विदेशी नागरिकहरु जो जापानमा बसेका छन्।आप्रवासन नियन्त्रण शरणार्थी प्रावधानहरू अनुसार, यस्तो आवासको स्थितिमा कुनै आवेदन बिना 60 दिनसम्म रहन सक्नुहुन्छ।

विदेशी नागरिकको निवासका लागि सुविधा

  • यो संशोधनले नगरपालिकाहरूलाई बहुभाषी परिवार (जापानी र गैर-जापानी व्यक्तिहरूको परिवारहरू) को दर्ता गर्न सक्षम बनाएको छ, दुई-स्तरीय प्रणालीको तुलनामा दुई समूहमा एउटै घरको जापानी सदस्य र गैर-जापानी सदस्यहरू सूचीबद्ध छन्। दर्ता (मूल निवासी रजिस्ट्रेशन एक्ट र विदेशी दर्ता अधिनियम) अनुसार नगरपालिकाको निवास रेकर्डको प्रमाणपत्र जारी गर्न सक्षम छ।
  • मूल निवासी दर्ता विभिन्न सामाजिक सेवाहरूको प्रावधानको आधार हो। त्यसैले जब विदेशी नागरिकहरु एउटाबाट अर्को नगरपालिकामा जान्छन्, उनीहरूको नयाँ नगरपालिकाको कार्यालयमा दर्ता गरेर "नेशनल हेल्थ इंश्योरेंस" जस्ता आवश्यक सेवाहरू पनि प्राप्त गर्न सक्दछन्। कुनै अतिरिक्त प्रकिया आवश्यक छैन।
  • न्याय विभाग र नगरपालिकाका बीचको जानकारी आदानप्रदानले न्याय विभाग (क्षेत्रीय आप्रवासन ब्यूरो) र नगरपालिकाहरूमा दर्ता गर्न विदेशी नागरिकहरुलाई सहज भएको छ।

रेकर्डहरूको शुद्धता पेश र निश्चित गर्न अधिसूचनाहरूको संख्या घटाउनुहोस्।

ठेगानाको परिवर्तनको अथवा, विदेशी दर्ता अधिनियममा अनुसार विदेशी निवासीहरूले व्यक्तिगत जानकारी (नाम, निवासको स्थिति, निवासको अवधि)परिवर्तन गरेमा नगरपालिकालाई जानकारी दिन आवश्यक थियो। क्षेत्रीय आप्रवास ब्यूरोमाको निति परिवर्तन गरिएपछि , विदेशी निवासीहरूले पहिलो क्षेत्रीय आप्रवास ब्यूरोमा र त्यसपछि उनीहरूको नगरपालिकामा जानकारी दिन आवश्यक छ।

संशोधन पछि , विदेशीले निवासी क्षेत्रीय आप्रवास ब्यूरोमा यस्तो परिवर्तन गर्नु पर्दछ, ती परिवर्तनहरू आधारभूत रजिष्ट्रेसनमा प्रतिबिम्बित हुन्छन्। तेसैले विदेशी निवासीहरूलाई नगरपालिकामा जानकारी दिन आवश्यक छैन । न्याय मंत्रालयले नगरपालिकामा यस्ता परिवर्तनहरूलाई सूचना दिन्छ र नगरपालिकाले तिनीहरूको रेकर्ड दर्ता गर्दछ।

संशोधित आप्रवासन नियन्त्रण अधिनियमले नगरपालिकाको मेयरको माध्यमबाट उनीहरूको ठेगानाको बारेमा न्याय मंत्रालयमा जानकारी दिन विदेशी नागरिकहरूलाई आवश्यक छ। बसाई परिवर्तन गरेको सुचना पेश गरेरपछि । नगरपालिकाले यी आवासीय सूचना ठेगाना / परिवर्तन आदि सूचनाको आधारमा न्याय मंत्रालय लाई सूचित गर्दछ।

व्यवस्थापन मंत्रालय कल सेन्टर (बहुभाषी व्याख्या सेवा) को जानकारी

यस कल सेन्टरमा विदेशी नागरिकहरूको लागि आधारभूत निवासी रजिस्ट्रेशन प्रणालीसँग सम्बन्धित जानकारी प्रदान गर्दछ।

1) फोन नम्बर
0570-066-630 (नाभी डायल)
03-6436-3605 (केहि IP फोनहरुको प्रयोग गर्दा माथि दिइएको नम्बरमा जडान नभएमा)
2) खुल्न्ने समय
8:30 ~ 17:30
3) कल सेन्टर सुरुहुने दिन
2023 बर्ष 4 महिना 3 दिन बाट 2024 बर्ष 3 महिना 29 दिन
(शनिबार, आइतबार, वर्ष अन्त्य र नयाँ वर्ष बाहेक।)
4) समर्थित भाषाहरु
11 भाषाहरू जसमा अंग्रेजी, चिनियाँ, कोरियाली, स्पेनिश, पोर्तुगाल, भियतनाम, थाई, इन्डोनेसियाली, टागलाग, नेपाली समावेश छन्

Related Link

For procedures related to foreign nationals entering or residing in Japan:
Immigration Bureau of Japan websiteopen link in new window

July 2012 Start of a new residency management system! (link to the Ministry of Justice website) (open link in new window)
2012年7月 特別永住者の制度が変わります! (法務省) 別ウィンドウでページが開きます

ページトップへ戻る